काठमाडौं, २५ असार–नेकपाा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रदेश संरचना आवश्यक नभएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले गण्डकी प्रदेशका मन्त्रीहरुले बजेटछमा मातापिताका नाममा राखेका ट्रष्टले पनि प्रदेश संरचना आवश्यक नभएको बताउनु भएको हो ।

यसअघिनै बाँस्कोटाले पटक पटक प्रदेश संरचना खारेज गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।
बाँस्कोटाले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ–र,फेरी पनि भन्छु यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन ।

केहीदिन अघि गण्डकी प्रदेशले ल्याएको बजेटमा मूख्यमन्त्री लगायत केही मन्त्रीहरुले मातापिताको नाममा ट्रष्ट बनाउन बजेट बिनियोजन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *