दमक, २७ असार–दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि मनोजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

आफनै सभाहलमा भएको साधारणसभाले उपाध्यक्षमा मनोज अग्रवाल,सचिवमा सन्दिप साहिवाला, सचिवमा अमित अग्रवाल, सहसचिवमा राजेश कुमार अग्रवाल र कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा सन्दिप अग्रवाल, जितेन्द्र अग्रवाल, शौरभ अग्रवाल, दिपक वंशल र मुकेश अग्रवाल चुनिएका छन् ।

साधारणसभा दमक मारवाडी सेवा समितिका अध्यक्ष भरत अग्रवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य राजेन्द्रकुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *