काठमाडौं, ३० असार–जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।
