धरमपुर (शिबसताक्षी), ३१ असार–झापाको शिबसताक्षी–१ धरमपुर बजार उत्तरतर्फ समाधीस्थल जानलाई सहज बनाउन स्थानीय यवाहरुको सक्रियतामा निर्माण गरिएको व्यवस्थित कलभर्ट (पुल) सम्पन्न भएसंगै हिसाब सार्बजनिक गरिएको छ ।
धरमपुर पेशा ब्यबसायी संघको पहलमा सम्पन्न कलभर्टको शुक्रबार बिहान एक कार्यक्रमकाबीच निर्माण कार्यमा आम्दानी र खर्चको बिबरणसहित हिसाब सार्बजनिक गरिएको हो ।
शिवसताक्षी नगरपालिकाको कार्यालयबाट रु ३ लाख रुपैया र स्थानीय उपभोत्ता समितिबाट रु ३४ हजार १ सय ७० रुपैया गरि कुल रु ३ लाख ३४ हजार १ सय ७० रुपैया लागतमा उक्त कलबर्ड निमार्ण सम्पन्न भएको हो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष पृथ्बीबहादुर बोहोराका अनुसार गत फागुन ८ गतेबाट शुचारु गरिएको कलभर्ट निर्माण कार्य जेष्ठ १५ गते सम्पन्न भएको भएको हो । अध्यक्ष बोहोराले प्राबिधिक कारणले हिसाब सार्बजनिक गर्न ढिलो हुन गएको बताए ।
१ सय २० एमएमको कलभर्ट निमाृण भएसँगै खासगरी दक्षिणी क्षेत्रबाट समाधीस्थलमा आगान्तुकहरुलाई आवत जावत गर्न सहज भएको निर्माण समितिले जानकारी दिइएको छ ।
रतुवामाई बन क्षेत्रमा रहेको समाधी स्थलमा बर्षादको समयमा आवत जावत गर्न समस्या हुने गरेको चौतर्फी जनगुनासो आए संगै सहजताको लागी नगरपालीका संग सहकार्य गरेर कलबर्ड निर्माण गरिएको धरपुर पेशा ब्यबसायी संघका अध्यक्ष पेमा लामाले बताए । उनले भने आगमी दिनमा यस धरमपुरलाई सफा र ब्यस्थित संगै राम्रो धरमपुर हाम्रो धरमपुर निर्माणको परिकल्पनासंगै हात्ति आतंकलाई रोकथाम गर्न सडक बत्ति बालिने योजना रहेको समेत अध्यक्ष लामाले बताए ।
धरमपुर बजारमा बिभिन्न पेशा ब्यबसाय संचालन गर्दै आएका ब्यबसायीहरु आबद्ध रहेको यस संघले बिभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । यस संघले छोटो समयमा नै बजार र समाजमा नौलो छाप छोड्न सफल भएको बताइएको छ ।
हिसाब सार्बजकि कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष लक्ष्मि प्रसाद चेम्जोङले धरमपुर पेशा ब्यबसायी संघले गरेको कामको प्रशंशा गर्दै आगमी दिनमा वडा कार्यालयसंग समन्वय गरि १ नम्बर वडालाई १ नम्बर बनाउनको लागी यहाँ भएको समस्यालाई समधान सहकार्य गर्न आग्रह गरे ।
अध्यक्ष चेम्जोङले भने यस वडामा मुख्य समस्या भनेको हात्ति आतंक भएकोले यस वडाको पुर्ब पश्चिम सडक किनारमा सडक बत्ति राख्न र सिसि टिभी जडानको लागी नगर संग समन्वय गरि काम गर्ने आश्वसन दिए ।
कार्यक्रममा धरमपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष लिलाबहादुर जोशी (कुमार), सचिब मोहन सिन्चिउरी, सामाजिक अगुवा दुर्गा चेम्जोङ लगायत बिभिन्न पेशा ब्यबसायीहरुको सहभागिता रहेको थियो ।
धरमपुर पेशा ब्यबसायी संघका सदस्य निहाङ किराँतीले स्वगत मन्तब्य बोलेको कार्यक्रमको संचालन संघका सचिब खगेन्द्र प्रसाद दाहालले गरेका थिए ।
