शिबगञ्ज, ३१ असार–जिल्लाकै पुरानो बजारको रुपमा परिचित शिबसताक्षी–६ शिबगञ्ज बजारबाट झापा गाउँपालिका वडा नं ७ को शरर्णामतीस्थित मदरगाछ जोड्ने कनकाई नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

संघीय सरकार मार्फत सो नदीमा पुल निर्माणका लागि पत्रिकामा बोलपत्र आवहान (ठेक्का) सम्बन्धी सुचना प्रकाशित गरेसँगै शिबगञ्ज लगायत आसपासका स्थानीवासीहरु उत्साहित भएका छन् ।

वर्षौ–वर्षदेखि स्थानीयले भोग्दै आएको समस्या सामाधान हुने भएको छ, शिबसताक्षी–६ शिबगञ्जका वडा अध्यक्ष मनोज खुलाल कार्कीले भने । उनका अनुसार जिल्लाकै पुरानो बजार शिबगञ्जमा कनकाई नदीको कारण वारीपारी गर्न कठिनाई भइरहेको थियो ।

उनले वर्षायाम सुरु भएसँगै डिगलबैंक, शरर्णामती लगायतको क्षेत्रहरुबाट शिबगञ्ज बजारमा किनमेल वा बिक्रीका लागि मान्छेहरुको आवत–जावत नै रोकिने गरेको जानकारी दिए ।

कुल ५ सय मिटर भन्दा बढी लम्बाई रहने पुल निर्माणका लागि संघीय सरकार मार्फत सडक बिभाग पुल महाशाखाले ठेक्काको आवहान गरेको छ ।

पुल निर्माण कार्य सम्पन्न भएपछि शिबगञ्ज बजार पूर्व कनकाई नदी वारपार गर्न सहज हुने नेपाल रेडक्रस सोसाइटी शिबगञ्जका अध्यक्ष नारायण दाहालले बताए । पुल नभएकै कारण आइतबारका दिन साप्ताहिक शिबगञ्ज बजारको विकास हुन नसकेको रेडक्रसकर्मी दाहालले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *