काठमाडौं, ३२ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस पुच्छर हुनेहरु वामपन्थी हुन नसक्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित नेपालको भूराजनीतिक समस्या विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वाम गठबन्धन गर्ने भए पहिला काँग्रेसको साथ छोड्नु पर्ने उहाँले बताउनुभयो ।

‘अध्यक्ष ओलीले भन्नुभयो नेपालमा वामपन्थी पार्टीहरू छन भने कांग्रेसका पछि नलाग्न, गठबन्धन तोड्न अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’

अध्यक्ष ओलीले शेरबहादुर देउवाको गठबन्धनको रक्षा पनि गर्ने वामपन्थी पनि हुने कुरा सुहाउदो नभएको बताउनुभएको छ ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थीरु कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भयो भन्नुहोस, ओलीको भनाइ छ, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौं।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *