दमक, १ साउन–नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले दमक नगरपालिकाको ११औं नगर सभामा उत्पन्न समस्याको बारेमा गठबन्धन दलको तर्फबाट बार्ता र छलफलको ढोका खुल्ला गरिएको बताउनुभयो ।
शनिबार, दमकमा क्रियाशिल राजनीतिक दलहरु राप्रपा, नेपाली कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस नेता भट्टराईले दमक नगरको विकास र समृद्धीको निम्ति नेकपा (एमाले) सग बार्ता र छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
वहाँले नगर सभाबाट बजेट, निती तथा कार्यक्रम पारित गर्न प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने भएकोले कांग्रेस नेता भट्टराईले एमालेलाई पनि छलफलको माध्यमद्वारा समस्याको सामाधान गर्न आग्रह गर्नुभयो ।
केही दिन अघिदेखि दमक नगर सभामा एमालले आफ्नो मागहरु राखेर नगरसभालाई अवरुद्ध गर्दै आइरहेको छ । यसैबीच, एमाले संसदलीय दलले दमकमका पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेर आगामी साउन ३ गते हुने नगरसभामा एमालले नगरसभा रोक्ने चेतावती दिएका थिए ।
एमालेले दिएको चेतावती पछि गठबन्धन दलको तर्फबाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर एमालेलाई नगरसभामा भाग लिन सुझाएका छन् । गठबन्धन दलको तर्फबाट जारी प्रेष बिज्ञप्तीमा यसअघि नै सहमतिका साथ नगर सभाका कार्यक्रमहरु भइरहेको समयमा एमालले आफ्ना माग र असहमतीहरु राखेर नगरसभा रोक्न खोज्नुलाई राजनीति पूर्वाग्राहीको संज्ञा दिएका छन् ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेस दमक सभापति प्रकाश प्रसाई, नेकपा (एकीकृत समाजवादी) दमक अध्यक्ष महेश घिमिरे, नेकपा (माओवादी केन्द्र) का दमक अध्यक्ष कुलबहादुर बस्नेत, जनता समाजवादी पाटी (जसपा) दमक अध्यक्ष भेषराज भट्टराई, राप्रपा दमक अध्यक्ष हेम सुवेदीको उपस्थिति रहेको थियो ।
त्यस्तैं, सो क्रममा कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, ५ नंम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापती रबि केसी, नेकपा (एकीकृत समाजवादी) प्रदेश सदस्य केन्द्र प्रसाई, जिल्ला सदस्य कमल कटुवाल, दमक नगर सदस्य राजु भट्टराई, नेकपा (माओवादी केन्द्र) का नेता शंकर बस्नेत, भूमिका कोइराला, बेदु गौतम, जसपाका नेता धिरेन सम्बाहम्फे, गंगादेबी राई, धिरेन लावोती लगयातका नेताहरुको उपस्थिती थियो ।
