धरमपुर, १ साउन–कमजोर आर्थिक अवस्थाका कारण झापा शिबसताक्षी–२ मंगलबारे बजारका कुमार महराको उपचारमा समस्या भएको भन्दै वडा अध्यक्ष भीम नेम्बाङको नेतृत्वमा आर्थिक सहयोग प्रदान गरिएको छ ।

खुट्टाको नशा र हार्ड सम्बन्धीको समस्याले दमकस्थि एक अस्पतालमा उपचारत महाराको घरायसी आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा सहयोग प्रदान गरिएको हो ।

आइतबार, अस्पतालमा उपचारत महरालाई भेटेर वडा अध्यक्ष नेम्बाङले रु १८ हजार ६ सय प्रदान गरिएको छ । अध्यक्ष नेम्बाङका अनुसार आफ्नो सेवा सुविधाको केही रुपैया सामाजिका सेवामा खर्च गर्ने उदेश्य बमोजिम आफ्नो वडाका कमजोर आर्थिक अवस्थाका कुमार महरालाई उपचारमा सानो सहयोग उपलब्ध गराइएको हो ।

अध्यक्ष भीम नेम्बाङले वडा अध्यक्षमा निर्वाचित अतुलियन व्याक्तिगततर्फ रु ५ हजार र अरु वडाका पार्टी नेतृत्व र अन्य साथीहरुबाट गरेको नेतृत्व र साथिहरु मार्फत जम्मा गरेको रु १८ हजार ६ सय पाँच रुप्रयाले घाइते पीडितलाई प्रदान गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *