गोबिन ल्वागुन/झिलझिले (शिवसताक्षी), २ साउन–झापाको शिवसताक्षीका बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत शु्ल्कमा वैदेशिक रोजगारको लागी सोमबार झापाबाट काठमाण्डौ पठाइएकोे छ ।

पहिलो चरणमा छनौट भएका शिवसताक्षी नगरका ९५ जना युवाहरुलाई सोमबार बेलुकी ५ बजे काठमाण्डौ प्रस्थानको लागी बिदाई गरिएको छ । उहिरुलाई २ वटा रात्रि बसबाट काठमाण्डौसम्मको यात्रा तय गरिएको हो ।

यही २१ तारिख र २४ तारिखमा मलेश्यिा प्रशथान मिति तय भएको भएपनि अभिमुखिकरण तलिम लिनु पर्ने भएकोले केही दिन अगावै काठमाण्डौ पठाइएको बैदेकिक रोजगार कार्यक्रम सम्योजक नबिन इजमले बताए ।

फाइनल अन्तरवार्ताबाट ३ सय ५० जना छनौट भएको भए पनि पहिलो चरणमा ९५ जना युवाहरुलाई पठाउन लागिएको र उनिहरुलाई मलेश्यिाको जोरबारु शहरमा रहेको मेइबन कम्पनीको प्राइम र टोक्नोलोेजी डिपार्टमा काम लागाइने जनाइएको छ । अन्य बाकी रहेका युवालाई जेसिवाई कम्पनीमा पठाइने समेत जनाइएको छ ।

बिदाई कार्यक्रममा नेकपा (एकीकृत समाजबादी) शिवसताक्षीका नगरकमिटी अध्यक्ष नबिन इजम, सचिब शान्तिराम न्यौपाने, सदस्य दिपक शेर्मा, उक्त पाटीका वडा नम्बर ७ का अध्यक्ष पुर्ण लावती लगायतले उज्वल भबिश्यको कमना गर्दै खादा ओडाएर बिदाइ गरेका थिए ।

एकीकृत समाजबादी शिवसताक्षी नगर अध्यक्ष नबिन इजमको पहल तथा बागमती प्रदेश कमिटी सदस्य कमल सापकोटाको समन्वयमा नगरका ४ सय जना बेरोजगार युवाहरुलाई सुन्य लागतमा मलेशिया पठाउनको लागी गएको असार ३ र ४ गते झिलझिलेमा भएको अन्तरबार्ताबाट छनौट गरिएको थियो । त्यस पश्चात काठमाण्डौंमा पुनःफाइनल अन्तरबार्ता भएको थियो । अन्तरवार्ताबाट ३ सय ५० जना युवा छनौट भई मेडिकल समेत गरि फिट भएका थिए ।

युवाहरु मलेशियास्थित जोरबारुमा रहेको मेइबन कम्पनी र जेसिवाई कम्पनीमा औद्योगिक कामदारको रुपमा पठाइने जनाइएको छ । उनिहरुलालई १५ सय मलेशियन रिंगट र आवास लगायतका सेवासुबिधाहरु प्राप्त हुने काठमण्डौस्थीत इन्टरनेशनल मेनपावर कम्पनीका म्यानेजर मिनबहादुर सुनारले बताएका छन ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका नगर कमिटि अध्यक्ष नबिन इजमले स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाउन लागिएको बताए । उनका अनुसार देश आर्थिक संकटको दलदलमा गुज्रिरहेको अवस्थामा बिपन्न बेरोजगार युवाहरुले शुन्य लागतमा गएर आर्थिक पार्जन गरि सुन्दर भबिश्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले नै युवाहरुलाई बिदेश पठाउनुको बिकल्प नभएको बताए । शुन्य लागत शुल्कमा मलेशिया पठाइने भएकोले बिचौलियबाट कतै पैसाको लेनदेन भएको थाहा भएमा कार्बाही गरिने भएकोले कसैले पनि सेवा सुल्कको नाममा पैसा नदिन आग्रह गरिएको छ ।

गरिबी र बेरोजगारीलाई न्यनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भएपछि युवाहरु हर्षित भएर काठमाण्डौतर्फ प्रस्थान गरेका छन ।

स्वदेशमा रोजगारको अवसर छैन महङगीले जनताको डाड सेकी सक्यो, आम्दानीको श्रोत छैन , बर्षाद हुदैन । भएको खेतीबाट खान पुग्नै छाड्यो । समयमा मल र बिउ नपाउदा खान पनि मुस्किल हुन्छ, त्यसैले बिदेशिनुको बिकल्प नभएको शिवसताक्षी ८ सिमना चोकका युवा सुवास शेर्मा बताउछन । उनि २१ तारिख मलेसिया जानको लागी सोमबार काठमण्डौ प्रस्थान गरेका छन । घरमा परिवार धेरै भएकोले पनि आर्थिकको चरम अभाब छ ।

घर-परिवारको उज्वल भबिस्य निर्माणको लागी बिदेसिनु परेको दुखेसो गरे । यसरी हामी जस्तो गरिब र बेरोजगार युवाहरुलाई शुन्य लागतमा कमाउने बातवरण सिर्जना गराएकोमा नबिन इजमको टिमलाई आभार ब्यतm समेत गरेका छन । उर्जाशिल युवाहरु बिदेश पलायन हुनुु देशको बिडम्बना हो । बिदेशिनु कसैको रहर होइन बाध्यता भएको छ । यसतर्फ सरोकार निकायहरुको ध्यान जान जरुरी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *