काठमाडौं, ३ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले वाम एकताको पहल गर्ने निर्णय गरेको छ ।

पार्टीको ३२ औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को बैठकबाट पारित कार्ययोजना कार्यान्वयन गर्न संगठन सुदृढीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, समाजवादसम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय भएको उनले बताए ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा मंगलबार भएको तत्कालीन नेकपाका शीर्ष पाँच नेताहरुबीच पनि पार्टीहरुसँग एकीकरणको सम्भावनाबारे छलफल भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *