काठमाडौँ, ५ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १,६६७ पीसीआर र १,९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।

उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *