दमक, ५ साउन–नेकपा (माओवादी केन्द्र) दमक-४ को इन्चार्जमा युवा व्यवसायी अशिम राई चुनिएका छन् । पार्टीले वडा संगठन मजवुत बनाउन मुख्य जिम्मेवारीका साथ उनलाई वडा इन्चार्ज तोकेको हो ।

नेता राई दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन् । उनी दमकबाट सञ्चालित हाम्रोसरोकार डटकमका सञ्चालक सदस्य समेत हुन् । सहकारीकर्मी तथा पूराना फर्निचर व्यवसायी हुन् । राजनीतिसंगै सामाजिक कार्यमा उनको सक्रियता छ ।

यसैगरि पार्टीले वडा सह–इन्चार्जद्धयमा मानबहादुर श्रेष्ठ र समुन्द्रा लामालाई जिम्मेवारी दिएको छ । त्यसमध्ये लामा राजनीतिसंगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी छन् ।

यसैगरि पार्टीले वडा अध्यक्षमा शुसील कार्कीलाई जिम्मेवारी दिएको माओवादी केन्द्र दमक नगर कमिटी ले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *