काठमाडौं, ६ साउन–नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

अहिलो राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ। बैठकले मौद्रिक नीति पारित गर्ने छ। सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए। त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ। गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *