दमक, ७ साउन–आफ्नो भाषा, धर्म, कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले लिम्बू समुदायभित्र नयोङहाङ समाज नेपाल स्थापना भएको छ । धनकुटाको बुढीमोरङ उद्गमस्थल रहेको नयोङहाङ लिम्बूहरु यतिवेला पूर्वको विभिन्न जिल्लाहरुसँगै देश–बिदेशमा छरिएर बसोबास गरिरहेका छन् ।

यीनै, नयोङहाङ समाज नेपालले आज (शनिबार) झापाको दमकमा मान–सम्मान तथा बृहत भेला कार्यक्रम आयोजना गरेर सम्पन्न गरिएको छ । नयोङहाङ समाज झापा, मोरङ र इलामका सचिव गोपाल नयोङहाङ (जीएन) का अनुसार आफ्नो बंशको उत्थान र विकासमा स्थापना भएको नयोङहाङ समाज नेपाललाई आर्थिक सहयोग प्रदान गर्नुहुने मोरङ पथरी–२ का चन्द्रप्रसाद नयोङहाङलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको छ ।

सचिव जीएनले यसअघि नै सम्मानित चन्द्रप्रसाद नयोङहाङले संस्थाको कोष बृद्धि गर्न रु १ लाख १ हजार प्रदान गर्नुभएको बताउनुभयो । सो सम्मान कार्यक्रममा सम्मानित चन्द्रप्रसादका श्रीमती रुपा ओख्राबु नयोङहाङको समेत उपस्थिति रहेको थियो ।

नयोङहाङ समाज नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष मानध्वज नयोङहाङको अध्यक्षतामा र नयोङहाङ समाजका पुर्व केन्द्रीय अध्यक्ष तथा जिल्ला कार्यसमितिका सल्लाहकार लालबहादुर नयोङहाङको कार्यक्रममा प्रमुख आसन–ग्रहण रहेको थियो ।

सो कार्यक्रममा सल्लाहकार सदस्य अमृत बहादुर नयोङहाङ, सल्लाहकार सदस्य राजेन्द्र नयोङहाङ, कार्यसमिति सदस्य खड्क प्रसाद नयोङहाङले मन्तव्य राख्नुभएको थियो ।
नयोङहाङ समाज नेपाल जिल्ला कार्यसमितिका सल्लाहकार सदस्य आशबहादुर नयोङहाङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल नयोङहाङले गर्नुभएको थियो ।

सचिव गोपाल नयोङहाङका अनुसार झापा, मोरङ र इलाममा मात्रै नयोङहाङहरु ८ सयको संख्यामा बसोबास गरिरहेको र देशभरी अनुमानित ८ हजारको संख्यामा छन् । पछिल्लो समय नयोङहाङ समाज नेपालले वंशको तथ्याङ्क संकलन गर्ने कार्य सम्पन्न भइसकेको र त्यसको पुरा बिबरण छिट्टै आउने सविच गोपाल नयोङहाङले जानकारी दिनुभयो ।

२०७६ सालमा स्थापना भएको नयोङहाङ समाज नेपालले आफ्नो वंशभित्रमा आइपुर्ने विभिन्न खालको घट्ना वा समस्यामा आर्थिक सहयोग जुटाउने लगायत वंशबीचमा भेला वा छलफल गर्ने कार्यहरु गर्दै आइरहेको सचिव गोपाल नयोङहाङले बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *