दमक, ७ साउन–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज दमकमा सम्पन्न बैठकद्वारा रिक्त रहेको पदमा पदपुर्ति गरिएको छ । नगर कमिटी अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य एबम् झापा इन्चार्ज इन्द्रबहादुर बुढाथोकीको प्रमुख उपस्थितिमा सम्पन्न बैठकले रिक्त पदमा पदपुर्ति गरिएको हो ।

नगर कमिटीको रिुक्त उपाध्यक्ष पदमा अनिलदेब राई, सचिव पदमा सुवास सुवेदी र उपसचिव पदमा राजु भट्टराई र मदन गुरुङलाई बैठकले नियुक्ती गरेको हो । उपाध्यक्ष राई यसअघि नगर कमिटीको उपसचिव हुन् । सचिव सुवेदी पार्टीको प्रद्रेश सदस्य हुन भने उपसचिवद्धय भट्टराई र गुरुङ नगर सचिवालय सदस्य हुन् । उपसचिव भट्टराईलाई पार्टी कार्यालयको सचिवको समेत जिम्मेवारी दिइएको छ । नगर कमिटी ३१ सदस्यीय छ । र्

त्यस्तैं, स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट दमक नगरपालिकाको नगर उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारहरुलाई बैठकले धन्यवाद व्यक्त गरिएको छ ।

दमकमा नगर उपप्मुख पदमा पार्टी नगर कमिटी अध्यक्ष महेश घिमिरे, वडा नं २ मा वडाध्यक्ष पदमा टीकाराम प्रसाई र वडा सदस्यमा सुमन अधिकारी, वडा नं ३ मा वडा सदस्य पदमा किरण भट्टराई, वडा नं ५ मा वडाध्यक्ष पदमा हरि नेपाल, वडा नं ९ मा वडा सदस्य पदमा रतन चाम्लिङ राई र वडा नं १० मा वडाध्यक्ष पदमा राम लुइटेल र वडा सदस्य पदमा हरिकृष्ण पौडेलले उम्मेद्वारी दिएका थिए ।

त्यस्तैं, बैठकले नगर कमिटीको कोष निर्माण र परिचालन सम्बन्धी छलफल भएको थियो । आजैको बैठकमा दमकमा सामाजिक संघसंस्थाको गठन हुने समितिमा पार्टीको तर्फबाट पदाधिकारी वा सदस्य पदमा सहभागिता गराउन राजनीतिक हिसावले अन्य पार्टीसँग छलफल गरिने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नगर कमिटीलाई गतिशिल र चलायमान बनाउन रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु सञ्चालन गरिने, नगरको केही वडाहरुमा वडा कमिटी गठन गर्ने कार्य र सदस्यता बितरणका कार्यलाई तिब्रता दिइने पनि छलफल भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।

दमक–२ आम्दा खरखरेस्थित धन्यवाद मार्टमा रहेको नर कमिटीको कार्यालयमा बैठकमा पार्टीका केन्द्रीय सदस्य एबम् झापा इन्चार्ज इन्द्रबहादुर बुढाथोकी, राष्टिय परिषद सदस्य मणि भण्डारी, केन्द्र प्रसाई, प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, प्रदेश सदस्य शान्तिराम आचार्य, जन साँस्कृतिक तथा साहित्यिक मञ्चका केन्द्रीय सदस्य यादब अधिकारी, जिल्ला कमिटी सदस्य भीम दाहाल, टीकाराम प्रसाई, राम लुइटेल, हरिकृष्ण पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *