दमक, ८ साउन–झापाको दमकस्थित पिपल चौकमा बुधबार विहान वृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । दमक नगर इसाई समाजको आयोजनामा ४३औं खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो ।
दमकमा ख्रीस्टियन (क्रिश्चियन) धर्म मान्नेहरुको साझा संस्था दमक नगर इसाई समाजको आयोजनामा र रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पाष्टर आकाश थुलङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार २०५३ सालमा इसाई समाज दमक नगर समिति स्थापना भएको हो ।
धार्मीक संस्था भएपनि दमक र आसपाको क्षेत्रमा समाजिक र परोपकार सेवाप्रती सक्रिय रहदैं आइरहेको छ, अध्यक्ष पागटर राईले भन्नुभयो–’दमक नगर इसाई समाजले ४२औं पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । यस पटक हुने रक्तदान कार्यक्रम ४३औं पटक हो ।’
साउन ११ गते बुधबार बिहान ७ बजेबाट सुरु गर्ने रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न समाजको तर्फबाट आवश्यक तयारी पुरा भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउन विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी तोकिएको समाजका पूर्व अध्यक्ष एबम् सल्लाहकार पाष्टर राजकुमार राईले जानकारी दिनुभयो ।
रुक्तदान कार्यक्रममा दमक नगर प्रमुख राम थापा लगायत इलाका प्रहरी कार्यालय दमकका प्रमुख, दमकका क्रियाशिल सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र दमकका बिभिन्न मण्डलीहरुबाट सहभागिता हुने समाजका पूर्व अध्यक्ष एबम् सल्लाहकार पाष्टर राईले बताउनुभयो ।
