गोबिन ल्वागुन/काठमाण्डौं ८ साउन–२० बर्षिय रोशन आङ्देम्बे झापाको शिवसताक्षी ८ का बिपन्न परिवारका बेरोजगार युवा हुन । कक्षा १२ सम्मको अध्यान गरेका उनले स्वादेशमा रोजगारीको अवसर नदेखेपछि बिदेशिने सोचमा थिए ।
आफ्नो घर-जग्गा छैन, आमा बैदेशिक रोजगारिको सिलसिलामा बिदेशिभुमि कुवेतमा हुनुहुन्छ । आमाको सिमित कमाइले उनी डुडामारी बजारमा कोठा भाडामा लिएर ५ जनाको परिवार बस्दै आएका छन । आमाको एक्लो कमाइले घर चलाउन धौधौ हुन्छ । बुबाको कुनै ठेगान छैन, कमाएर छोराछोरीलाइ हेरचाह गर्नुको सटा आमाको कमाइबाट केही खर्च दिनुपर्छ ।
अभाव, पीडा र तनाबकोसंग गुज्रिरहेको अवस्थामा नगरमा सुन्य लागत शुल्कमा बिदेश पठाउने खबर सुनेपछि उनी अन्तरबार्तामा सहभगि भए । उनले मलेसिया जाने सुनौलो अवसर प्राप्त गरे । यो अवसर जुराइदिनु भयो नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष नबिन इजमले । उनको पहल र नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेस कमिटि सद्स्य कमल साप्कोटाको समन्वयकारी भूमिकाले आङ्देम्बेले सुनाए ।
उनि लगायत १ सय ८० जना युवाहरु शुक्रबार राति १२-१० बजे हिमलयन एयरलायन्सबाट मलेसिया प्रस्थान गरे । उनिहरुलाइ बिदाइ गर्न शिवसताक्षीका नबिन इजम, सुरज लिम्बु, सञ्चारकर्मीद्धय सन्तोष राई र गोबिन ल्वागुन लगायतले बिदाइ गरेका थिए ।
युवाहरुलाइलाई शुन्य लगत शुल्कमा मलेशिया पठाएपछि सबैको परिवार खुशिले मक्ख छन । शुक्रबार पहिलो चरणमा १ सय ८० जना युवाहरुलाई मलेशिया पठाउन सफल भएको नेता इजम बताउछन । उनका अनुसार युवाहरुलाई मलेशियाको जोरबारु शहरमा रहेको मेइबन कम्पनीको टोक्नोलोेजी डिपार्टमा काम लागाइने बताए । अन्य बाकी रहेका युवालाई मलेशियाको मेइबनको प्राईम र जेसिवाई कम्पनीमा पठाइनेसमेत नेता इजमले बताए
नगरका ४ सय जना युवाहरुलाई शुन्य लागतमा मलेशिया पठाउनको लागी गएको असार ३ र ४ गते झिलझिलेमा भएको अन्तरबार्ताबाट छनौट गरिएको थियो । काठमनण्डौमा पुन-फाइनल अन्तरबार्ता भएको थियो । त्यस अन्तरवार्ताबाट ३ सय ६५ जना युवा छनौट भई मेडिकल समेत गरि फिट भएका थिए ।
इन्टरनेशनल मेनपावर मार्फत गएका युवाहरुलाइ घरबाट काठमाण्डौंसम्मको यात्रा खर्च लगायत काठमाण्डौं बसाईको क्रममा होटल र खाना वापतको खर्चसहित १ बर्षको अवधि भएको राहदानी बनएको बिल बराबर रकम भुक्तानी समेत गरेको राजकुमार नेम्बङ्ले बताए । उनले ११ हजार ३ सय पाएको सुनाए । उनिहरुलालई १५ सय मलेशियन रिंगट र आवास लगायतका सेवासुबिधाहरु प्राप्त हुने जनैएको छ ।
युवाहरुलाई हौसला प्रदान गर्न बिमानस्थलसम्म आएको नेता इजमले बताए । इजमले स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाएको बताए । उनका अनुसार देश आर्थिक संकटको दलदलमा गुज्रिरहेको अवस्थामा बिपन्न बेरोजगार युवाहरुले शुन्य लागतमा गएर आर्थिक पार्जन गरि सुन्दर भबिश्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले नै युवाहरुलाई बिदेश पठाउनुको बिकल्प नभएको बताए । शुन्य लागत शुल्कमा मलेशिया पठाइने भएकोले बिचौलियबाट कतै पैसाको लेनदेन भएको थाहा भएमा कार्बाही गरिने भएकोले कसैले पनि सेवा सुल्कको नाममा पैसा नदिन आग्रह गरिएको छ ।
गरिबी र बेरोजगारीलाई न्यनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भएपछि युवाहरु हर्षित भएर मलेशिया प्रस्थान गरिएको युवाहरुले बताएका छन ।
स्वदेशमा रोजगारको अवसर छैन । आम्दानीको श्रोत छैन । भएको खेतीबाट खान पुगनै छाड्यो । समयमा मल बीउ-बिजन नपाउदा खान पनि धौधौ हुन्छ, त्यसैले बिदेशिनुको बिकल्प नभएको युवाहरुको भनाई छ ।
