दमक, ९ साउन–कमर्सियल बैंक र फाइनान्स क्षेत्रमा लामो समय कामको अनुभव भएका लीलाराज तुम्बापोले झापाको दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको प्रशासनतर्फको नेतृत्व सम्हालेका छन् । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको कार्यालय भवनमा आयोजित कार्यक्रमपछि तुम्बापोले संस्थाको व्यवस्थापनको जिम्मेवारीसहित प्रमुख कार्यकारी अधिकृतको नेतृत्व सम्हालेका छन् ।
सञ्चालक समितिका अध्यक्ष धनराज राईले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लीलाराज तुम्बापो हाललाई व्यवस्थाकको रुपमा संस्थाको कर्मचारी हुनुहन्छ । हाम्रो संस्थाको तर्फबाट बिधान र कार्यबिधीलाई आवश्यक शंसोधनपछि तुम्बापोलाई प्रमुख कार्यकारी अधिकृतमा राखिने भएको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष धनराज राई, सचिव तथा निबर्तमान व्यवस्थापक कृष्ण गोले, सञ्चालक समिति सदस्य दिपेनबाला राई, सल्लाहकार तथा सुप्रसिद्ध साहित्यकार सुमित्रा बाङदेल चेली, कर्जा बिभाग प्रमुख तथा रेडक्रसकर्मी पारषमणी राई लगायत संस्थाका शेयर सदस्य र कर्मचारीहरुले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तुम्बापोलाई पुष्पगुच्छाले भब्य स्वागत तथा सम्मान गरेका थिए ।
तत्कालिन समयमा पाथिभरा बिकास बैंक, सगरमाथा फाइनान्स बैंक, गोर्खा फाइनान्स लगायत बैंकको नेतृत्व सम्हालेर बित्तिय क्षेत्रमा आफ्नो अनुभव बटूलेका तुम्बापोलाई राष्टिय बहुमुखी सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सफल भएको संस्थाका अध्यक्ष राईले सो अवसरमा जानकारी गराए । अध्यक्ष राईले बैंक र बित्तिय क्षेत्रका जानकार तुम्बापोको नेतृत्वले राष्टिय बहुमुखी सहकारी संस्थाको इज्जत र प्रतिष्ठामा बढ्नेमा आशा व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संञ्चालक समितिका सदस्य दिपेनबाला राईले गोर्खाज फाइनान्स बैंकको बागमती प्रदेश काठमाण्डौंको प्रमुखको जिम्मेवारी सम्हालिरहेका तुम्बापोले मोफसलको एउटा पुरानो सहकारी संस्थाको नेतृत्व गर्न तयार हुनुलाई स्वागत तथा सम्मान गरिनुपर्ने बताए । उनले बैंक र बित्तिय क्षेत्रमा तुम्बापोको डेढ दशकको अनुभव र सिकाईसँगै उनको दक्षता र क्षमता राष्ट्रिय बुहुमुखी सहकारी संस्थाले पाउनेमा खुशी व्यक्त गरे ।
यसअघि, तुम्बापोले पाथीभारा बिकास बैंक मोरङस्थित लेटाङको शाखा प्रमुख, सगरमाथा मरर्चेन्ट एण्ड फाइनान्स बैंक दमक शाखाका प्रमुख, गोर्खाज फाइनान्स बैंक दमक शाखा प्रमुखको अनुभव बटुलिसकेका छन् । त्यस्तैं, तुम्बापोले गोर्खाज फाइनान्सको प्रदेश १ इटहरीको प्रदेश प्रमुख हुदैं सो बैंकको बागमती प्रदेश कार्यालय काठमाण्डौंको प्रमुखको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
