कनकाई (झापा), १० साउन–झापाको धार्मिक क्षेत्र कनकाई कोटीहोमको मुल मन्दिरबाटै दान पेटीका चोरी भएको छ । भक्तजनले चढाएको ४ वटा दानपेटी फोरेर नगद चोरी भएको हो ।
बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल भएपछि उनीहरुले नै चोरी गरेको हुन सक्ने बुझिएको छ ।
दान पेटिकाको चाबी तोडेर सबै रुपैँया लगिएको पाइएकोले मन्दिरमा भएको सीसी टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले जानकारी दिए ।
