बेलबारी, १० साउन–मोरङको पर्यटकीयस्थल बेतनामा जारी अन्तर इसाई समाज फुटबल प्रतियोगिताको आज (मंगलबार) सम्पन्न दोस्रो दिनको दुई खेलमा झापाको दमक इसाई समाज र मोरङको लेटाई इसाई समाजले बिजयी सुरुवात गरेको छ ।

बेतनास्थित खेल मैदानमा बेलबारी इसाई समाजले आयोजना गरेको फुटबल प्रतियोगिताको पहिलो खेलमा लक्ष्मीमार्गस्थित पिस मेकर फुटबल क्लबलाई २ को बिरुद्ध ५ गोल गदै्र्र बिजयी सुरुवात गरेको हो । त्यस्तैं, आजै सम्पन्न दोस्रो खेलमा आयोजक बेलबारी इसाई समाजलाई ० को बिरुद्ध ५ गोल गर्दै झापाको दमक नगर इसाई समाजले बिजयी सुरुवात गरेको हो । आयोजक बेलबारी इसाई समाजलाई पाखा लगाएको दमक इसाई समाज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १२ वटा इसाई समाजले सहभागिता जनाएको छ । प्रतियोगितामा बिजयी हुनेले रु २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने र उपबिजेताले रु १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक बेलबारी इसाई समाजका अध्यक्ष पाष्टर निर्मल लामाले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन अघि आयोजित कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, समाजका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार समितिका संयोजक पाष्टर राजकुमार राई, दिपेन्द्र नेम्बाङ, सुरज लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजक बेलबारी इसाई समाजका अध्यक्ष पाष्टर लामाले इसाई समाजका युवाहरुबीच खेलकुदको माध्यमद्वारा आपसी भाइचाराको सम्बन्ध स्थापित गराउदैं समाज रुपान्तरणमा योगदान पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *