दमक, ११ साउन–झापाको दमकमा आज बिहान सम्पन्न रक्तदान कार्यक्रममा ७० प्रिन्ट रगत संकलन भएको छ । दमक नगर इसाई समाजको आयोजनामा र दककस्थित रेडक्रस सोसाइटी रक्तसंचार बिभागको प्राविधिक सहयोगमा ७० प्रिन्ट रगत संकलन भएको हो ।

समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार इसाई समाजद्वार यो ४३औं रक्तदान कार्यक्रम हो । पाष्टर राईले बर्षिक क्लालेण्डर अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो । वहाँले आज बिहानको बर्षाको कारण रक्तदान कार्यक्रम प्रभावित भएको बताउनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार रक्तदानमा २६ महिला र ४४ पुरुषसहित ७० जनाले रगतदान गर्नुभएको छ ।

दमक–६ वरपिपल चौकमा आयोजित रक्तदान कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, वडा अध्यक्ष टेकबहादुर थापा, दमक नगर इसाई समाजका सल्लाहकार तथा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर राजकुमार राई, पाष्टर दाबा शेर्पा, रक्तसंचार बिभागका प्रमुख सिद्धार्थ दाहाल, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

रक्तदानको उद्घाटन इसाई समाजका महिला अगुवा तथा कार्यक्रम संयोजक रोजी शेर्पा कार्कीले गर्नुभएको थियो । २०५२ सालमा स्थापना भएको दमक नगर इसाई समाजले दमक लगायत झापा, मोरङ र इलामको बिभिन्न क्षेत्रमा मानवीय र परोपकारका सेवामा सहयाग गर्दै आइरहेको समाजका अध्यक्ष पाष्टर राईले जानकारी दिनुभयो ।

रक्तदान अघि आयोजित औपचारिक कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर कुमार तामाङले गर्नुभएको थियो । सो अवसरमा समाजका तर्फबाट अध्यक्ष पाष्टर आकाश थुलुङ राईले सहभागि रक्तदाताहरुसहित नगर प्रमुख, वडा अध्यक्ष र अतिथीहरुलाई धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *