कमल (पाडाजुङी), ११ साउन–झापाको कमल–५ पाडाजुँगीमा टिपरको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं ५ का १६ बर्षिय सञ्जिव लिम्बु भएको खुलेको हो । यो गाउँपालिका पाँचथर सदरमुकामबाट सदरमुकामबाट ७२ किलोमिटर टाढा रहेको छ ।
आज साँझ करिब ५।१५ बजे पूर्वतर्फ जाँदै गरेको प्रदेश ३ ग ०३ ००१ क २१२ नम्बरको टिपरले साइकल यात्री लिम्बुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
