दमक, ११ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमकका युवा नेता तथा निर्माण व्यवसायी बिक्रम सुब्बा (खाम्देन) लाई राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
दमकमा राप्रपाको विभिन्न गतिविधिहरुमा सक्रिय रहदैं र पार्टीको जिम्मेवारीमा रहेर कुशल नेतृत्व गरिसक्नुभएका युवा नेता खाम्देनले यसअघि युवक संगठनको झापा उपाध्यक्ष भइसक्नुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको काठमाण्डौंमा सम्पन्न बिस्तारित बैठकद्वारा दमक निवासी खाम्देनलाई युवक संगठनको केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
निर्माण व्यवसायसँगै दमकको सामाजिक क्षेत्रमा सक्रिय युवा नेता खाम्देनसँगै झापाबाट संगठनको केन्द्रीय सदस्यमा नविन ढकाल, रोशन दंगाल, पुनम सिंह राजवंशी, हरि तिवारी भुपाल बस्नेत, जीवन कुमार थापा, योगेन्द्र कुमार खनाल, लक्ष्मण कुमार लिम्बू, प्रह्लाद थापा र उत्तम भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको संगठनद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
सरल र असल स्वभावका युवा नेता खाम्देन दमकमा युवाहरुबीच लोकप्रिय व्याक्तित्व हुनुहुन्छ । प्रष्ट बिचार, तार्कित क्षमताका धनी खाम्देन गम्भिर र मृद्धभाषी हुनुहुन्छ । सानै उमेरदेखि राप्रपाका राजनीति जीवनमा सक्रिय रहदैं आइरहनुभएका युवा नेता खाम्देनले संगठनले दिएको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्ने बताउनुभयो ।
