जनकपुर, १२ साउन–जनकपुरबाट दुई लाख रुपैयाँ लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशबाट श्रीमानले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मीनिया-७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।

सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

लुटिएको पैसा समेत बरामद भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *