दमक, १३ साउन–संघीय सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीले आज (शुक्रबार) बिहान झापाको कमल गाउँपालिका वडा नंम्बर ५ पडाजुङीस्थित आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानको निरिक्षण गर्नुभएको छ । सो क्रममा मन्त्री चौधरीले आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानका पदाधिकारीहरु र सरोकारवालाहरुसँग निर्माणधिन सङ्गशालाको विषयमा छलफल गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य समेत रहनुभएका मन्त्री चौधरीले आदिवासी समुदायको भावना र चाहानामा आघात पुग्नेगरी काम गर्ने छुट कसैलाई नभएको बताउनुभयो । मन्त्री चौधरीले आदिवासी रङ्गशालाको नामबाट शिलान्यास गरिने र पछि सोही स्थानलाई मदन भण्डारीको नामकरण गर्न नमिल्ने बताउनुभयो ।
सो क्रममा मन्त्री चौधरीले रङ्गशाला निर्माणमा आफ्नो तर्फबाट सक्दो पहल हुने बताउदै सस्थाको आवश्यक कागजातहरु लिएर मन्त्रालय आउन आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानलाई आग्रह गर्नुभयो । मन्त्री चौधरीले नामको विषयमा बिबाद ल्याएर आदिवासी रङ्गशालामा राजनीति गर्ने तत्कालिन ओली सरकारको बिरोध गर्नुभयो ।
सयौ आदिवासीहरुको समाधीहरुलाई उत्खनन् गरी निर्माण सुरु भएको रङ्गशालामा राजनीति नगर्न ओलीलाई मन्त्री चौधरीले सुझाव दिनुभयो । मन्त्री चौधरीले रङ्गशालाको नामा होस या अरु वियायमा होस, यहाँका स्थानीय आदिवासी नागरिकप्रती ओलीले शक्तिको भरमा थिचोमिचो गरिरहेको बताउनुभयो ।
निर्माणधिन रङ्गशालामा दमक, लखनपुर, गौरादह र तोपगाछीका आदिवासी जनजातीहरुले बर्षौ बर्षदेखि मृत्यू संकारमा पार्थिब शरिरलाई जमिनमा राख्ने गर्दै आएका थिए । झण्डै ७ सयको संख्यामा चिहानहरु रहेको आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानका महासचिव दिपेनवाला राईले सो क्रममा जानकारी दिनुभयो ।
रिक्षिणको क्रममा मन्त्री चौधरीलाई रङ्गशालाका अध्यक्ष समेत रहनुभएका कमल गाउँपालिकाका प्रमुख हुकुमसिंह राई र नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटीका सदस्य तथा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीले रङ्गशालाको विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तैं, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य निलमणी बराल, झापा अध्यक्ष बेदराज रेग्मी, नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय परिषद सदस्यद्धय केन्द्र प्रसाई, मणी भण्डारी, केन्द्रीय परिषद सदस्य तथा अखिल नेपाल महिला संघकी नेत्री हरिमाया लामिछाने, झापा सचिव बिपी भट्टराई, कमल अध्यक्ष होमप्रसाद बराल, दमक अध्यक्ष महेश घिमिरे, दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाई, संघीय लिम्बूवान मञ्चकी केन्द्रीय सदस्य बिष्णुमाया भट्टराई लगायत स्थानीयवासीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
