दमक, १३ साउन–शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) को पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले शुक्रबार झापाको दमकमा निर्माणधिन अवस्थाका र निर्माणकार्य सम्पन्न हुने अवस्थाका दुई ठूला आयोजनासहित इन्द्रेणी तालको स्थलगत अवोलकन तथा निरीक्षण गर्नुभएको छ ।

झापा लगायत विभिन्न जिल्लामा निर्माणधिन अवस्थाका योजनाहरु र निर्माणकार्य पुरा भइसकेका तर सम्बन्धित निकायलाई हस्तान्त्रण गर्न बाँकी रहेका योजनाहरुको निरीक्षण गर्न हिजो (बिहिबार) झापा आइपुग्नुभएका मन्त्री चौधरीले दमक–३ मा दमक भ्यूटावर, दमक–९ को दमक सभागृह र दमक–१० मा इन्देणी सिमसारको स्थलगत अवोलकन तथा निरीक्षण गर्नुभएको हो ।

सो क्रममा मन्त्री चौधरीलाई मन्त्रालयको तर्फबाट दमक भ्यू टावरको बिशेषतासहित त्यसभित्र हुने व्यवसायिक प्रयोजनका कोठाहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तैं, निर्माण कार्यमा अहिलेसम्म भएका प्रगती बिबरणहरु र भ्यूटावर सम्बन्धी दुई मिनेटको भिडियो समेत प्रर्दशन गरिएको थियो । त्यसपछि मन्त्री चौधरीसहित मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुले भ्यूटावरको माथिल्लो तलाको निरीक्षण गर्नुभएको थियो ।

यता, दमक–९ मा निर्माणकार्यको अन्तिम चरणमा पुगेको दमक सभा गृहको समेत मन्त्री चौधरीले निरीक्षण गर्नुभएको छ । दमकमा बिभिन्न प्रकारका कार्यक्रम वा सभाहरु सम्पन्न गर्न सकिने सो दमक सभा गृहको निर्माणकार्य अन्चिम चरणमा पुगेको छ ।

त्यस्तैं, दमकको पर्यटकीय स्थलको रुपमा रहेको इन्द्रेणी सिमसारको समेत मन्त्री चौधरीले निरीक्षण गर्नुभएको छ । दमक–१० मा अवस्थित सिमसारको बिषेता र यसलाई गरिनुपर्ने विकासका प्राथमिकता सम्बन्धी मन्त्री चौधरीले चासो राखेका थिए ।

मन्त्री चौधरीलाई इन्द्रेणी सिमसारको हिजोको अवस्था र आजको अवस्थाको बिषयमा स्थानीयवासी समेत रहेको सिमसारको बिकासमा सक्रिय सुबास सुवेदीले जानकारी गराएका थिए । नेकपा (एकीकृत समाजवादी) दमक नगर सचिव समेत रहेका इन्द्रेणी सिमसारको विकासमा सक्रिय सुवेदीले इन्द्रेणी आकारमा रहेको सिमसारलाई इन्द्रेणी सिमसारको नामकरण गरिएको बताउनुभयो । वहाँले सिमसारमा पशु चौपायहरु र जलचर चरा चुरुङ्गीहरु खेल्न र पानी खानका लागि प्रयोग हुदै आइरहेको बताउनुभयो । सिमसारबाट उत्पन्न भएको पानीलाई स्थानीयले पैनी वा कुलोको माध्यमद्वार खेतबारीमा समेत सिचाई गर्दै आइरहेको सुवेदीले बताउनुभयो ।

सोही अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक–१० का अध्यक्ष राजेन्द्र भण्डारी र स्थानीय पत्रकार तथा बुद्धिजीबि नगेन्द्रमणी न्यौपान, लोकेश न्यौपानेले समेत इन्द्रेणी सिमसारको महत्व र यसलाई संरक्षण गर्न मन्त्री चौधरीलाई जानकारी गराउनुभएको थियो भने सिमसार रेखदेख समितिका गोपाल राईको उपस्थिती थियो ।

मन्त्री चौधरीसहित एकीकृत समाजवादीका केन्द्रीय सदस्य निलमणी बराल, झापा अध्यक्ष बेदराज रेग्मी, नेताहरु मणी भण्डारी, केन्द्र प्रसाई, हरिमाया लामिछाने, बिमी भट्टराई, महेश घिमिरे, होम बहादुर बराल, बिष्णुमाया भट्टराई, जितु धिमाल लगायतको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *