डुडामारी, १४ साउन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा आज (शनिबार) सरसफाई गरिएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालयका पूर्व विद्यार्थीहरु र फाक्तेप फुटबल क्लबका खेलाडीहरुले विद्यालय सरसफाई गरिएको हो ।

बर्खे विदाको समयको अवसर पारेर विद्यालय परिसर र खेलमैदानमा देखिएको फोहोर मैलालाई सरसफाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् पत्रकार गोविन ल्वागुनले जानकारी दिनुभयो । वहाँले विद्यालय सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थीहरुसहित फाक्तेप फुटबल क्बलका पदाधिकारी, सदस्य र खेलाडीहरुको सहभागिता रहेको बताउनुभयो ।

विद्यालयका विद्यार्थीहरु बर्खे बिदामा छन्, अध्यक्ष ल्वागुनले भने–’बर्षाको समयमा विद्यालय परिसरभित्र वा खेलमैदानमा झारपात उम्रिनुका साथै प्लाष्टिक र कागजका टुक्राहरु छरपष्ट देखिएको कारण सरसफाई गरिएको हो ।; विद्यालय सरसफाई कार्यक्रममा स्थानीयवासीहरुको समेत उत्साहजनक सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।

फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले सामुदायिक विद्यालयप्रती समुदायभित्र सकारात्मक बिचार उत्पन्न गराउन यस्तो कार्यक्रमहरुले ठूलो परिवर्तन ल्याउने बताउनुभयो । सरसफाईमा क्लबका उपाध्यक्ष प्रेम भुर्तेल, सचिव सन्तोश शर्मा, सदस्यहरु पवन मगर, छबि कुइकेल, रन्जित मगर, रितेश मगरले सहभागिता जनाएका थिए ।

त्यस्तैं, सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका तर्फबाट अशोक शर्मा, प्रेम रोक्का थिए भने नेकपा (एकीकृत समाजवादीं) शिबसताक्षी–७ का वडा कमिटीका अध्यक्ष पूर्ण लावोतीको सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् पत्रकार ल्वागुनले बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *