काठमाडौ, १५ साउन–नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।

शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

संसदीय छानबिन विशेष समितिले भने बजेट निर्माणका क्रममा अनधिकृत मानिसहरु सहभागी भएको कुरा नपाइएको निष्कर्ष निकालेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *