दमक, १५ साउन–नेपाली कांग्रेस पार्टी सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा शिबसताक्षी नगर समितिको कार्यवहाक सभापतिमा उजेन तामाङ नियुक्ती भएका छन् । नेविसंघ नगर सभापति दिवस बास्कोटाका अनुसार व्याक्तिगत जीवनमा कार्य व्यस्तताबीच सो जिम्मेवारीमा रहिरहन असमर्थ भएको कारण दर्शाउदैं तामाङलाई कार्यवहाक सभापतीमा नियुक्ती गरिएको हो । तामाङ यसअघि नेविसंघ नगर सचिवको जिम्मेवारीमा थिए ।
शिबसताक्षी–४ पाँचगाछी निवासी बिद्यार्थी नेता तामाङले नेविसंघ मार्फत शैक्षिक र विद्यार्थी आन्दोलनमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहदैं आइरहेका छन् । विद्यार्थी नेता तामाङले नेविसंघको नगर सभापतीको जिम्मेवारी पाएपछि उत्साहित भएको बताएका छन् । यो जिम्मेवारीलाई म पुरा गरेर जाने छु । उनले नेविसंघको उचाई र प्रतिष्ठालाई आँच आउन नदिने बताए । उनले संघको विधि र विधान भित्र रहेर शैक्षिक विकास र परिवर्तनको निम्ति विद्यार्थीहरुबीचमा काम गर्ने बताए ।
दुधेस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज एक कार्यक्रममा आयोजना गरेर नगर सभापती बास्कोटाले कार्यवहाक सभापती पदमा तामाङलाई जिम्मेवारी सहितको पत्र हस्तान्त्रण गरे । सो क्रममा नेविसंघ नगर समितिका पदाधिकारी, कार्य समितिका सदस्यहरु र नेविसंघमा आवद्ध विद्यार्थीहरुले उपस्थिति जनाएका थिए ।
