डुडामारी (शिबसताक्षी), १५ साउन–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयका पुर्ब बिद्यार्थीसमेत रहेका युवा सामाजिक अगुवाले शौचालयका लागि प्रयोग गरिने सामाग्रीहरु उपलब्ध गराएका छन ।

उक्त सामग्रीहरु बिद्यलयका पुर्व बिध्यर्थी तथा फाक्तेप पुटबल क्लबका सदस्य पवन मगरले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटौती गरि बिद्यालयलाई सहयोग स्वरुप सौचालयका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका हुन । उनको जन्मदिन एक हप्ता अघि नै भएको भए पनि बिद्यालय बर्खे बिदाका कारण बन्द भएकोले बिद्यालय संचालन पश्चात आइतबार उक्त सामाग्री दिएका हुन ।

समाजमा जन्मदिनको नाममा धेरैले फजुल खर्च गर्ने गरेको परमपरालाई तोडदै उनले समुदायप्रति उत्तरदायीत्व बहन गर्दै विद्यालयभित्रको सौचालयमा चाहिने सामाग्रीहरु बाल्टी, जग, ब्रस, हार्पिक, धारा, साबुन लगायतका सामाग्रीहरु ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वगुनलाई हस्तान्तण गरेका छन ।

पुर्ब बिद्यार्थीसमेत रहेका युवा सामाजिक अगुवा मगरले उक्त बिद्यलयबाट २०६४ सालमा पासआउट भइ उच्च शिक्षाको लागी अन्य बिद्यालयमा गएका थिए । लगनशिल तथा सामाजिक ब्यक्तित्व मगरले पहिलो एनि फाक्तेप फुटबललाई सफलता पुर्बक सम्पन्न गर्न अहम भुमिका निर्बाह गरेका थिए ।

यहि महिनाभित्र बैदेशिक रोजगारको लागी युरोपियन मुलक माल्टा प्रस्थान गर्न लागेका मगरले आगमी दिनमा बिद्यालयलाई थप आवश्यक सामाग्रीहरु सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन । २०३० सालमा स्थापना भएको यस बिद्यालयमा हाल कक्षा ८ सम्म अङग्रेजी माध्यमबाट पठन पाठन भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *