काठमाडौं, १५ साउन–नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनैपनि विषयमा सल्लाह नगर्ने र सोधेको प्रश्नको उत्तर नदिएको आरोप लगाउनु भएको छ ।

नेपाल निजामति कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिकता विधेयक, निजामति ऐन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव जस्ता विषयमा सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि छलफल नगरेको बताउनु भएको हो ।

उपाध्यक्ष नेम्वाङ भन्नुहुन्छ, ‘फुल हाउसले महाभियोग समितिलाई काम नदिइ सदन स्थगित भएकाले प्रधानन्यायाधीश झुण्डेका झुण्डै हुनुहुन्छ निलम्बनमा । अर्को एकजना मित्र कार्यवहाक हुनुहुन्छ यो कति गम्भीर कुरा हो रु प्रधानन्यायाधीशमाथि छानविन गर्न संसदले समिति बनाए पनि समितिलाई काम गर्न दिएको छैन ।’

नेता नेम्वाङले प्रमुख प्रतिपक्ष के गरेर बसेको छ रु भनेर प्रश्न उठ्ने गरेपनि चुप लागेर भने नबसेको बताउनु भयो । उहाँले नागरिकता विधेयक जस्तै तीन वर्ष लगाएर बनेको निजामति विधेयक फिर्ता लिएर सरकार गायव भएको बताउनु भयो ।

‘अहिलेसम्म निजामति कर्मचारीसम्बन्धि विधेयक आउने सुरसार छैन । हामी प्रश्न उठाएका उठायै छौ । माननीय लालबाबु पण्डितलाई हामीले विशेष समय लिएर उठाउन लगायौ, ‘उहाँले प्रश्न उठाउनुभयो तर सरकार उत्तर नै दिदैन । केही बोल्दैन ।’

उपाध्यक्ष नेम्वाङले निजामति विधेयकमा सरकारलाई दवाव दिने पनि बताउनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *