बिर्तामोड, १६ साउन–प्रहरीले झापाको दुई भिन्न स्थानबाट रू एक लाख ६० हजार भन्दा बढीको अवैध समान बरामद गरेको छ ।
भारतीय बजारबाट अवैध रुपमा भन्सार छली समान ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट रू एक लाख छ हजार बराबरको साडी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट आइतबार बेलुका रू ६० हजार बराबरको जुत्ता बरामद गरेको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
