भद्रपुर, १६ साउन–झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीया जेगुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

खातुनले घरबाट लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राति १०ः१५ बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम गाँजा बरामद गरेको छ । लागुऔषध गाँजासहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *