सुर्खेत, १७ साउन–डोल्पाको ठूलिभेरी नगरपालिका ५ कोरेआरुमा लु ४ त ६७०३ नंबरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का २४ वर्षीय शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *