बुटवल, १८ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिस्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गरे ।

पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरूको त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औंल्याए ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *