काठमाडौं, १९ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन् । उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारेका छन् ।

’कहिलेकाहीं त राजनीति छाडौं कि भन्ने लाग्छ । तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने ।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नै पर्ने भएको पनि बताएका छन् । नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ । ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन ।

माधनव नेपाल डराएछ कि क्या हो भन्ने हुनसक्छ,’ उनले भने । उनले आगामी निर्वाचनमा जित्नै पर्ने बताएका छन् । उनले विजयको शंख बजाएर जनताका बीच आउनु पर्ने बताएका छन् । आजै मात्र सरकारले प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *