दमक, १९ साउन–जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले आज एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यलय उटघाटन गरिएको छ ।

दमक–१ फाल्गुनन्द चौक नजिकै हल्दारचौकमा स्थापना गरिएको जसपा दमक नगर समितिको पार्टी कार्यालयको उद्घाटन केन्दीय सदस्य तथा झापा संयोजक नित्यानन्द ताजपुरियाले उटघाटन गर्नुभएको छ ।

दमक नगर इन्चार्ज गंगाप्रसाद दुलालको अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यालय उद्घाटनको अवसर प्रमुख अतिथीसमेत रहनु भएका केन्द्रीय सदस्य तथा झापा संयोजक ताजपुरियाले मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै, सो अवसरमा केन्द्रीय सदस्य भक्त खेवाङ, देउकुमार नेम्बाङ, दमक नगर समितिका पूर्व अध्यक्ष बासुदेब राई लगायतको उपस्थिती रहेको थियो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जसपा दमक नगर समितिका नेत्री गंगा राईले स्वागत मन्तब्य राखेकी थिइन भने कार्याक्रमको संचालन जसपा दमक नगर समितिका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *