दमक, २३ साउन–किरात राई यायोक्खाको ३५औं स्थापना दिवसको अवसर पारेर झापाको दमकमा किरात राई यायोक्खा झापाले ए्सईईबाट उर्तिण विद्यार्थीहरु्सहित पत्रकारिता र कलाक्षेत्रका साधकहरुलाई सम्मान तथा पुरुस्कार वितरण गरेको छ ।

उनीहरुलाई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राईले पुरुस्कार वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राईले झापामा यसवर्ष ए्सईईमा उर्तिण विद्यार्थीहरुलाई खादा ओढाएर नगदसहित प्रमाणपत्र वितरण गरेका थिए । निजी र सामुदायीक विद्यालयसमेतगरी शैक्षिक सत्र २०७८ सालबाट उर्तिण झण्डैं एक सय बढी विद्यार्थीहरुलाई यायोक्खा झापाले पुरुस्कार वितरण गरिएको सो कार्यक्रममा जानकारी गराईएको थियो ।

स्वर्गीय इन्द्रबहादुर–देउमाया राई पत्रकारिता पुरुस्कारबाट भद्रपुरका धर्मराज राई पुरुस्कृत भएका छन् । सो अवसरमा उनलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यता, नेपाली गीतसंगीतको माध्यमद्वारा किरात राई जातीको शीर उच्च सम्मान बढाएको भन्दैं दमककी नुमा राईलाई नगद ५ हजार र प्रमाणपत्र वितरण गरिएको थियो । उनी दमकको इस्टन स्टार बोडिङमा अध्ययनरत छन् ।

खासगरी शिक्षा क्षेत्रमा राई समुदायबीचमा यायोक्खाले आफ्ना विद्यार्थीहरुलाई प्रोत्साहन बनाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको किरात राई यायोक्खा झापा अध्यक्ष इन्द्रमान चाम्लिङ राईले जानकारी दिए । स्थापनाकालदेखि यायोक्खाले केन्द्रदेखि जिल्लास्तर र स्थानीय तहसम्म शैक्षिक क्षेत्र लगायत खेल, गीत र कला र साहित्यिक सघ–सस्थाको विकासमा विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष चाम्लिङले बताए ।

कार्यक्रममा यायोक्खाका सस्थापक जीतमान राई, यायोक्खा पूर्व केन्द्रिय उपाध्यक्ष क्याप्टेन बिबी राई, यायोक्खा पुर्व केन्द्रिय उपाध्यक्ष तथा प्रदेश न १ अध्यक्ष पारषमणी राई, साहित्यकार तथा यायोक्खा झापाका सद्रस्य सुमित्रा बाङदेल चेली, चन्द्रकला चाम्लिङ, यायोक्खा दमक नगर उपाध्यक्ष धनजीत राई, पूर्व विद्यार्थी नेता ज्ञानदीप राई, राजिन राई, श्ृनिल राई, किरात राई झापाका अध्यक्ष मिलन रुम्दाली राई, किरात राई लेखक सघ झापाका अध्यक्ष जीतेन राई, रजनी राई लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा यायोक्खाले सञ्चालन गर्दै आईरहेको बार्षिक कार्यक्रम सुप्तुलुङको चर्चा र त्यसको महत्वको बारेमा सहभागिहरुलाई जानकारी गराईएको थियो । त्यस्तैं, यायोक्खाको आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन यायोक्खा झापाका नेता समेत रहेका किरात राई विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सु्सन राईले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *