दमक, २४ साउन–कोरोना जोखिमका कारण दुई वर्षदेखि रोकिएको श्रीकृष्णजन्माष्टमी पर्वमा निकालिने रथयात्रा यसवर्ष भव्य रुपले निकाल्ने तयारी गरिएको छ ।
कृष्णजन्मअष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा यस बर्ष यहि भदौ ४ गते भब्य रुपमा निकाल्ने तयारी गरिएको श्रीकृष्ण रथ यात्रा समिति दमकका अध्यक्ष रोहित आचार्यले जानकारी दिए ।
एकताको शुत्रमा बाँधिन सन्देश दिदैं निकालिने रथ यात्रालाई भब्य बनाउन बिभिन्न ३१ वटा उप समिति गठन गरि काम थालिएको छ । दमकको रथ यात्रामा सबै नगरबासीको अपनत्व बनाउँदै पूर्वकै नमुनाको रुपमा सञ्चालन गर्ने गरि काम गरिएको समितिका सचिव प्रेम भट्टराईले जानकारी दिए ।
यसैक्रम रथयात्रा सफल बनाउन दमकका जनप्रतिनिधिहरु सहित बिभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुसंग पहिलो चरणको छलफल सकिएको छ ।
