उदयपुर, २५ साउन–कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा नेपाली सेनाले सात जनालाई पक्राउ गरेको छ ।\

कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सेनाले उनीहरुको साथबाट ६३ किलो जनावरको मासु, दुई नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, चार वटा खुकुरी बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *