धरमपुर, २७ साउन–आगलागीबाट घरसहित लत्ताकपडा, भाडाबर्तन लगायतका धनमाल जलेर नष्ट भएका झापा शिबसताक्षी नगरपालिका वडाँ नं १ धरमपुरका अमर नेम्बाङलाई धरमपुर बजार ब्यवस्थापन समिति, धरमपुर पेशा ब्यवसायी संघ र काँकडिभिट्टा युवा परिवारले सयुक्त रुपमा आज रु ७७ हजार एक सय ४५ बराबरको फर्निचरका सामाग्रीहरु, सिरक–धसना र कपडाहरु सहयोग हस्तान्त्रण गरेका छन् ।

धरमपुरका अगुवा तथा बुद्धिजीबि चन्द्रबीर नेम्बाङ, धरमपुर बजार ब्यवस्थापन समिति अध्यक्ष लीलाकुमार जोशी, धरमपुर पेशा ब्यवसायी संघका अध्यक्ष पेमा लामा लगायतले सो मूल्य बराबरको फर्निचरका सामाग्रीहरु सिरक–धसना र कपडाहरु हस्तान्त्रण गर्नुभएको हो ।

नव निर्मित घरैमा पुगेर हस्तान्त्रण गरिएको सामाग्रीहरुमा २ थान लोबेट, १ थान किचन टेबल, थान टी टेबल, १ थान राउटर, १ थान किचन र्याक, १ थान ग्याँस चुला (सेट), १ थान तन्ना, २ थान झुल, ४ थान सिरानी, २ थान धसना लगायत छ । यी सामाग्रीहरु धरमपुर बजार ब्यवस्थापन समिति र धरमपुर पेशा ब्यवसायी संघको पहलमा आगलागी पीडित नेम्बाङ परिवारलाई हस्तान्त्रण गरिएको हो ।

गत जेष्ठ १९ गते बिहिबार अम्बर नेम्बाङको घर आगलागी भएको थियो । सो घटनामा १४ लाख बराबरको धनमाल जलेर खरानी भएको नेम्बाङका पत्नी ताराले बताईन् ।

नेम्बाङ दम्पत्तीका ७ जना परिवार छन् । सीप मुलक व्यवसायबाट परिवारको गुजारो गरिरहेका अम्बरले घर निर्माण लगायत घरायसी प्रयोजनका सामाग्रीहरु सहयोग उपलब्ध गराउने बिभिन्न संघसस्था र व्याक्तिहरुलाई आभार व्यक्त गरे ।

आगलागीले खरानी भएको घर स्थानीय संघ–सस्था र व्याक्तिहरुको पहलमा जस्तापाता सहितको ३ कोठे बनाइदिइ्सकेका छन् । नव निर्मित घर पीडित परिवारलाई हस्तान्त्रण गर्न बाँकी नै छ ।

सामाग्रीहरु सहयोग हस्तान्त्रण कार्यक्रममा धरमपुर बजार ब्यवस्थापन समितिका सचिव एबम् सून चाँदी ब्यवसायी मोहन सेउचुरीले सहजिकरण गर्नभएको थियो । कार्यक्रममा धरमपुरका अगुवा तथा बुद्धिजीबि चन्द्रबीर नेम्बाङ, धरमपुर बजार ब्यवस्थापन समिति अध्यक्ष लीलाकुमार जोशी र धरमपुर पेशा ब्यवसायी संघका अध्यक्ष पेमा लामाले संक्षिप्तमा मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा धरमपुर बजारका युवा ब्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल सरामकुमार चेम्जोङ, निहाङ किराँती, रामगोपाल राई लगायतको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *