माइधार (शिवसताक्षी), २८ श्रावण–झापाको पर्यटकिय क्षेत्र दोमुखा धार्मिक तथा पर्यटकिय बिकास ब्यबस्थापनको नयाँ नेतृत्व चयनको लागी आज (शनिबार) निर्बाचन भएको छ ।

बिहान ७ बजेबाट शुरु भएको निर्बाचन अपराहन्न ३ बजे सम्पन्न भएको हो । वडा नबर १० का वडा अध्यक्ष हर्क सिंगुले पहिलो मत खसाली उद्धघाटन गरिएको मतदान प्रक्रियामा ६सय १ मत खसेको निर्बाचन अधिकृत लिलाप्रसाद भट्टराइले जानकारी दिएका छन । उनका अनुसार ६ सय ५४ जना आजिवन सदस्य र ७९ जना साधारण सदस्य गरि ७ सय ३३ जना मतदाता रहेको बताए ।

केहिबेर पछि मतगणना शुरु गरि आजै मत परिणाम आउने समेत निर्बाचन अधिकृत भट्टराईले बताएका छन । निर्बाचनमा प्रगतिशिल प्यानल र स्वतन्त्र लोकतान्त्रीक समुह चुनाबी मैदानमा होमिएका छन ।

जसमा प्रगतिशिल प्यानलबाट अध्यक्षमा धनप्रसाद लावती लिम्बु र स्वातन्त्र लोकतान्त्रीक समुहबाट इन्द्रबहादुर लिम्बु (अशोक) आगमी ३ बर्ष कार्यकालको लागी नेतृत्व हाक्न चुनाबी मैदानमा हामीएका छन ।

लावती यस अघि ३ कार्यकाल सफल नेतृत्व समाहली सकेका अनुहार हो भने अशोकको पहिलो उमेद्धारी रहेको बताइएको छ । दोमुखाको नेतृत्व कस्को पोल्टामा पर्ने हो त्यो त अन्तिम मतगणनाको परिणाम नआउन्जेल सम्म कुर्नु पर्ने हुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *