दमक, २८ श्रावण–झापाको दमकमा मुख्य कार्यालय स्थापना गरेर इलाम र मोरङको दर्जन बढी सेवा कार्यलयहरु सञ्चालनमा ल्याएको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २६औं वार्षिकोत्स तथा २८औं साधारणसभामा प्र्रस्तुत गरिने प्रतिवदेन सार्वजनिक गरिएको छ ।
शनिबार दमकस्थित मुख्य कार्यालयमा आयोजित पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा मेची बहुउद्धेश्यीय सहकारी सस्थाले २६औं वार्षिकोत्स तथा २८औं साधारणसभामा वितरण गरिने प्रतिवदेन सार्वजनिक गरिएको हो ।.
संस्थाको केन्द्रीय कार्यलय दमक र विभिन्न स्थानमा रहेको सेवा कार्यलय मार्फत आयोजना हुने २६औं वार्षिकोत्स तथा २८औं साधारणसभामा सहभागि हुन शेयर सदस्यहरुलाई आग्रह समेत गरिएको छ । आजै दमक सेवा कार्यलय वडा नं ६ र ७ को दमकको कार्यलय भवनमा सम्पन्न हुने जनाइएको छ ।
इलामको चुलाचुलीमा २९ गते, इकाई–२ (दमक २) मा २९ गते, विर्तामोडमा ३० गते, इकाई–४ (दमक–५) मा ३० गते, मोरङ मिक्लाजुङ सेवा कार्यलय मधुमल्लामा ३१ गते, बेलबारीमा ३१ गते साधारणसभा हुने कार्यक्रम छ ।.
इकाई १ (दमक–१ र २) मा भाद्र १ गते, मोरङ लेटाङमा १ गते, झापा गौरादहमा २ गते, शिबसताक्षीमा २ गते, कनकाईमा ३ गते, कमलमा ४ गते, मोरङ उर्लाबारीमा ४ गते, इकाई ३ (दमक–४) मा ६ गते र पथरीमा ६ गते साधारणसभा हुने जनाइएको छ ।
संस्थाले सामाजिक उत्तरदायीत्वका विभिन्न समयमा गरिआएका गतिविधिहरुको विषयमा समेत चर्चा गरिएको थियो । शेयर सदस्यहरुको निम्ति स्वास्थ्य सेवा प्रती संस्थाले उपलब्ध गराउदै आइरहेको सु्््विधा र कार्यक्रमहरुका बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
संस्थाले दमक ४ मा निर्माण सुरु गरिएको मेची सहकारी वस्तीलाई सम्पन्न गर्न लागिएको र पूनः दमक बाहिर अर्को सहकारी वस्ती निर्माण गरिने सो अवसरमा जनाइयो ।
त्यस्तै, संस्थाले सुनसरीको इटहरीमा, मोरङको रतुवामाईमा, इलामको माङसेबुङमा, माई र इलाम बजारमा सेवा कार्यलय सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी गराइयो ।
संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय गणेश बस्नेतको सम्मान र स्मतीमा राखिएको २५ हजार र मेची पत्रकारिता अनि मेची सञ्चार सस्था पुरुस्कारलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ ।
गत असार मसान्तसम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ ।
गत आर्थिक बर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाको २८ औं बार्षिक साधारण सभाको सन्मुखमा आज शनिबार आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९र ८० लाई बचत बर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायण भटटराईले संस्थाले अहिले प्रदेश एकका विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससंगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका छन ।
संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी बार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सार सहित संस्थाले लिएको नीति कार्यन्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए ।
संञ्चार उपसमितिका संयोजक नरपती पाण्डेको अध्यक्षतामा पत्रकारसंग भेटघाट कार्यक्रम भएको थियो । सो कार्यक्रममा संस्थाका अध्यक्ष नारायण भट्टराई, कार्यकारी प्रमुख खोमप्रसाद बगाले, सचिव राजेन्द्र दाहाल लगायतका सहभागिता थियो । कार्यक्रमलाई उपसमितिका सदस्य तथा पत्रकार गोपाल झापालीले सहजिकरण गरेका थिए ।
