दमक, २९ श्रावण–किराँत राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको रिक्त रहेको सचिव पदमा कोषाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी विद्यार्थी नेत्री रजनी माङपाहाङ राईलाई मनोनित गरिएको छ । त्यस्तै, किरावी संघको कोषाध्यक्षमा भुगोलदेब राईलाई र सदस्य पदमा विनय राईलाई जिम्मेवारी प्रदान गरिएको छ ।
दमकस्थित किरात भवनमा शनिबार संघको छैठौं बैठकले यस्तो निणर्य गरेको अध्यक्ष मिलन रुम्दाली राईले जानकारी दिए । संघको सचिव केजिन राई नेपाली सेनाको लेप्टिनेटमा प्रवेश गर्नुभएको छ । केजिनको स्थानमा कोषाध्यक्ष पदकी रजनीलाई सचिवमा बढुवा गरिएको हो भने कोषाध्यक्षमा भुगोलदेब राई र सदस्यमा विनय राईलाई मनोनित गरिएको हो ।
बैठकमा किरावी संघको स्थापना दिवसको सन्द्धर्भमा समेत छलफल भएको अध्यक्ष रुम्दालीले बताए । बैठकमा अध्यक्ष रुम्दालीले संघको नयाँ जिम्मेवारी पाउनुहुनेहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
उनले किरात राई विद्यार्थी सघको आन्दोलन र संघको गरिमालाई उचाईमा ल्याउन अग्रज नेताहरुले देखाएको मागदर्शनलाई आत्मासाथ गर्दै अघि बढ्न बैठकमा छलफल भएको बताए ।
