बिर्तामोड, ३० साउन–झापाको दुई स्थानबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पाउडर दुध र चिनी प्रहरीले बरामद गरेको छ ।

प्रहरीले आइतबार मेचीनगरबाट पाउडर दुध र गौरीगञ्जबाट चिनी बरामद गरेको हो । मेचीनगर–७ स्थित जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छले ल्याउँदै गरेको रू एक लाख बराबरको २०० केजी दुध पाउडर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज–५ जनताबाट ३१ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छलेर ग्वालीमा लुकाएर राखेको अवस्थामा रू एक लाख ११ हजार बराबरको एक हजार ५५० केजी चिनी बरामद गरिएको उहाँले बताउनुभयो ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *