बिर्तामोड, ३१ साउन–झापाको दमकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ ।
गत साउन २७ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत दमक–४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक नायक गम्भीर घाइते भएका थिए ।
दकमस्थित निम्स अस्पतालमबाट थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएकोमा उपचार क्रममा आज उनको निधन भएको हो । ट्रक चालक अर्जुनधारा–५ का ३८ वर्षीय मात्रिका दनुवार र दुवै सवारी साधनह इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
