काठमाडौँ, २ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । निरन्तरतामा क्रम भंग गर्ने प्रक्रिया फेरि सुरु भएको उनको भनाइ छ ।

उनले माओवादी धारलाई एकीकृत गर्ने काम पनि सुरु भएको बताए । माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा। बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय र पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको निर्णयको प्रसंग जोड्दै उनले भने ‘ढिलोचाँडो समाजवादी केन्द्र निर्माण हुने निश्चित छ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *