दमक, २ भदौ–नेपाली चलचित्रकर्मी तथा तेक्वान्दो खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी हाल क्यानाडामा कार्यरत राजकुमार राईको पहलमा भक्तपुरस्थित मनोहर बस्तीका बाढी पीडितहरुलाई राहत सामाग्रीहरु वितरण गरिएको छ ।
गत साउन २४ गते रातको साढे १२ बजेको समयमा आएको बाढीले भक्तपुरस्थित मनोहर बस्तीका नौ घर भोटे परिवारहरु पीडित भएका थिए । सो घटनाका बारेमा नेपाल भोटे जनजाती सेवा संंघ काठमाडौंका सचिब तेन्बा भोटेले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
बाढीबाट पीडित आफ्नो जाती वा समुदायका भोटे दाजुभाई तथा दिदीबहिनीहरुले समस्यालाई सम्बोधन गर्न सङ्खुवासभाका सामाजिक अगुवा तथा नेकपा (एकीकृत समाजवादी) का नेता मिथुन चाङबा भोटेको आग्रहमा क्यानाडामा कार्यरत चलचित्रकर्मी तथा तेक्वान्दो खेलका अन्तराष्ट्रिय पूर्व खेलाडी राईले रु २२ हजार ३ सय १६ पठाइदिनुभएको थियो । सो रुपैयाले दैनिक खाद्यान्य सामाग्रीहरु खरिद गरेर पीडित परिवारलाई वितरण गरिएको हो ।
सङ्खुवासभाका राजनीति तथा सामाजिक अगुवा मिथुन चाङबा भोटेका अनु्सार नौ घरलाई प्रति परिवार एक एक बोरा चामल, एक एक पोका नून, दुई केजी दाल र एक लिटर खाने तेल वितरण गरिएको हो । चलचित्रकर्मी तथा तेक्वान्दो खेलका अन्तराष्ट्रिय पूर्व खेलाडी राजकुमार राई हाल क्यानाडामा बसोबास गर्नहुन्छ ।
राईको निर्देशन र प्रमुख अभिनय रहेको चलचित्र द कमान्डो हुन । त्यस्तै, वहाँको निर्देशन र अभिनयमा गोर्खा सैनिकहरुको जीवन कथामा आधारित चलचित्र कम मान्डो प्रर्दशनमा आउने तयारीमा छ । राई तेक्वान्दो खेलका अन्तराष्ट्रिय पूर्व खेलाडी हुन ।
