दमक, ३ भदौ–नेकपा (एकीकृत समाजवादी) निकट किरात राई सघ र किरात लिम्बू संघ (समाजवादी) को केन्द्रीय समिति गठन गरिएको छ । शुक्रबार झापाको बिर्तामोडस्थित साई पार्टी प्यालेसमा आयोजित संयूक्त भेलाले एकीकृत समाजवादी निकट किरात राई संघ र किरात लिम्बू संघको केन्द्रीय समिति गठन गरिएको हो । केसर चाम्लिङ राईको अध्यक्षतामा ३२ सद्रस्यीय किरात राई संघ र काजीमान पङ्धाकको अध्यक्षतामा किरात लिम्बू संघ गठन भएको हो ।

केशर बहादुर चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रमको उट्घाटन गर्नुहुदै नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा प्रदेश १ का सामाजिक विकाश मन्त्री राजन राईले नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासङका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष तथा आदिवासी जनजाती महासंघका प्रदेश १ का सहइच्चार्ज कृष्ण चोङ्वाङ, जनजाति महासघका उप महासचिव बज्रकुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी, लोकतान्त्रिक लिम्बू संघका पूर्व अध्यक्ष तथा एकीकृत समाजवादी झापाका नेता पदम सुब्बाले मन्तब्य राख्नु भएको थियो । पार्टी जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य देबी बराल, समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज समेत रहनु भएका एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रम्ख तीर्थ सिग्देल, युवा संघ नेपालका केन्द्रीय सचिव तथा एकीकृत समाजवादी झापाका उपाध्यक्ष प्रत्युष राना, एकीकृत समाजवादी झापाका सचिव बिपी भट्टराई, नेपाल खेलकुद महासंघ प्रदेश १ का सचिव तथा एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरे, युवा संघ नेपालका केन्द्रीय सदस्य शान्ति गुरुङ पाख्रिन, हरिकृष्न पौडेल, नबिन इजम, अर्जन मेचे लगायतको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *