दमक, ३ भदौं–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ भोली (शनिाबार) झापाको दमकमा आउनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले दमकास्थित दमक अस्पतालको अवोलकन गर्नहुने कार्यक्रम छ ।
सो क्रममा मन्त्री खापुङले नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आयोजनामा दमकको होटल केबिआरमा गठबन्धन दलका नेता–कार्यकर्ताहरुबीच भेटघाट कार्यक्रम राखिएको एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिनुभएको छ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खापुङ यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए ।
गत कार्तिक २२ गते खापुङ राज्यमन्त्री हुदाँ दमकको अस्पतालको सुधार र ब्यवस्थापन सम्बन्धी संघीय सरकारको तर्फबाट गर्न सकिने भूमिकाको बारेमा अनुगमन गर्नभएको थियो ।
एकीकृत समाजवादी दमक नगर अध्यक्ष घिमिरेका अनु्सार स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एकीकृत समाजवादीका नेता खापुङ्संग भोली (शनिबार) दमकमा क्रियाशिल राजनीतिक पार्टी, दमक नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला संघसंस्थाहरुले दमक अस्पतालको सेवा प्रभावकारिता, दक्ष जनशक्ति, प्रविधिमैत्री र सेवाग्राहीप्रती उत्तरदायीत्व सांम्बन्धी छलफल गर्ने कार्यक्रम छ ।
मन्त्री खापुङ झापाको बिर्तामोडमा शनिबार आयोजना हुने एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाती महासंघ प्रदेश स्तरीय कार्यक्रममा सहभागि हुन आउने भएका प्रदेश नेता केन्द्र प्रसाईले जानकारी दिनुभएको छ ।
